Logo

नेपाली अभिनेत्री दिपशिखाले विराट कोहलीलाई गरेको ‘लिप किस’ इन्डियन मिडियामा भाइरल

नेपाली अभिनेत्री दिपशिखा सिंह खड्काले विश्वप्रसिद्ध क्रीकेटर विराट कोहलीको स्ट्याचुमा ‘लिप किस’ गरेर खिचेको भिडियोले यतिबेला सामाजिक संजाल तात्तिएको छ ।

बेङ्कक घुम्न जाँदा त्यहाँ राखिएको स्ट्याचुमा उनले उक्त भोडियो खिचाएकी थिइन् । भिडियोलाई उनकी दिदिले आफ्नो टिकटकमा पोस्ट गरेपछि सो भिडियो भाइरल भयो । अहिले भारतीय मिडियाले उक्त भिडियोमाथी अनेकन हेडलाइन बनाइरहेको छ ।

दिपशिखाले रमाइलोको क्रममा खिचेको भिडियोको बारेमा भारतीय मिडियाले गलत तरिकाले सम्प्रेषण गरेको भन्दै दिपशिखाकी दिदिले अर्को टिकटक पोस्ट गरेकी छिन् । उनलाई विराटको बिग फ्यानका रुपमा भारतिय मिडियाले चित्रण गरेको छ ।

दिपशिखाले केहि फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छ्न् ।

प्रतिक्रिया दिनुहोस्