Logo

दिनेश गौतमको परदेशी गीत सार्वजनिक

दिनेश गौतमको सुमधुर स्वरमा सजिएको मर्मस्पर्शी गीत परदेशी सार्वजनिक भएको छ । मनै छुने यस गीतमामा शब्द तथा संगीत पुस्तक प्रसादको रहेको छ । जसमा संगीत एरेन्जको काम एस के बच्चाले गरेका छन् ।

भिडियोमा गायक गौतमकै अभिनय देख्न सकिन्छ । भिडियोमा गायक गौतमका अलावा राम चन्द्र गौतम, लिला केसी , सुदीप ढकाल , एलिना ठकुरी, बद्री चौँलागाई, निर्मल खत्री, सागर पुन मगरको पनि अभिनय रहेको छ । गीतको छायाँकन तथा निर्देशन रामजी लामिछानेले गरेका छन् । सार्वजनिक गीत गायक गौतमकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्