Logo

विश्व कीर्तिमान २० बर्षिया बन्दना नेपालले अमेरिकामा खोलिन् मारुनी डान्स स्टुडियो

नृत्यमा विश्व कीर्तिमान राखेकी धनकुटाकी २० बर्षिया बन्दना नेपालले अमेरिकामा डान्स स्टुडियो खोलेकी छन् । लगातार १२६ घन्टा लामो समयसम्म नृत्य गरेर विश्व कीर्तिमान राख्न सफल भएकी बन्दनाले अमेरीकामा रहेको नेपालीलाई मौलिक नृत्य सिकाउन अमेरिकाको युलेस सहरमा “मारुनी डान्स स्टुडियो” खोलेकी हुन् ।
अमेरिकामा नेपाली मौलिक नृत्य सिकाउने डान्स नदेखेपछी अमेरिकामा रहेका नेपालीलाई नेपाली मौलिक नृत्य सिकाउने उदेश्यले आफुले अमेरिकाको युलेस सहरमा “मारुनी डान्स स्टुडियो” खोलेको स्टुडियोकी प्रमुख तथा प्रशिक्षक बन्दना नेपालले जानकारी दिईन । उक्त डान्स स्टुडियोमा नेपाली संस्कृति झल्कने मारुनी, झ्याउरे, तामाङ सेलो, कौडा, देउडा, जुम्बा डान्स लगायत विशेष डान्स कोर्षहरु सिकाइने छ ।
प्रतिक्रिया दिनुहोस्