Logo

सामारिकालाई फकाउन दुई भाईको प्रतिस्पर्धा, कस्ले मार्ला बाजी?

काठ्मान्डाै – गायक राजेश पायल राईको स्वरमा “काली काली”बोलको नयाँ गीत सार्बजनिक भएको छ । टी.एन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन। गीतमा गजित बिष्ट, गम्भीर बिष्ट र मोडल सामारिका ढकाल फिर्चड छन। गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा काेरियाेग्राफर हुन ।गजितले चलचित्रमा समेत काम गरिसकेका छन। सम्बन्धले यी दुई दाजुभाइ पनि हुन। लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन ।

लामो समयपछी गजित र गम्भीरले सहकार्य गरेको रोमान्टिक डान्सिङ भिडियोलाई निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका हुन। टी.एन आचार्यले नै निर्माण गरेको गीतलाई बिकास नेपालले कोरियोग्राफी गरेका छन । “द प्रिमियर प्रोडक्सन”बाट सार्बजनिक भएको भिडियाेमा अशोक थापाको एरेन्ज, मनोज दङ्गाेलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटाेग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्