Logo

२ छोरा आयुष्मान र आशीर्मानले गरेको ‘कन्यादान’ दृश्यले सबैको मन छोयो, जानेर होस् या नजानेर २ छोराले गरेको निर्णयले अहिले तारिफ नै तारिफ

नेपालमा रवीना देशराज श्रेष्ठ भने बितिकै सेलेब्रेटी बैंकरको रूपमा चिनिगरेकी छन्। हिजो बिहीबार रवीना देशराज श्रेष्ठ विवाह गरेकी छन्। उनले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन्। स्टुआर्ट बेलायती नागरिक हुन्। उनी विश्व वन्यजन्तु कोषमा कार्यरत छन्। रवीना देशराज श्रेष्ठकी २ छोरा आयुष्मान, आशीर्मान र बुहारी प्रियंका कार्कीले जानेर होस् या नजानेर गरेको निर्णयले अहिले सामाजिक संजाल तारिफ पाइरहेका छन् ।

धेरै पहिले बाट एक्लै बस्दै आएकी रवीना प्रेममा परेको केहि समय पछि । परिवारलाई थाहा दिन्छिन् र परिवार संगको भेटको ६ महिना पछि उनीहरुको प्रेम विवाहमा परिणत भएको छ । २ छोरा आयुष्मान र आशीर्मानले गरेको विवाहमा ‘कन्यादान’ दृश्यले सबैको मन छोएको छ ।

रवीनाकी बुहारी तथा अभिनेत्री प्रियंका कार्कीले इन्स्टाग्राममा विवाहको केही भिडिओ सार्वजनिक गरेकी छन्। उनीहरूको विवाह समारोहमा रवीनाका छोरा आयुष्मान, आशीर्मान, बुहारी प्रियंका कार्की, नातिनी, स्टुआर्टकी छोरीलगायतको उपस्थिति थियो। उनीहरूले गतवर्ष प्रेम दिवसको अवसरमा इन्गेजमेन्ट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्