Logo

धनगढी उपमहानगरले सार्वजनिक गर्‍यो १ अर्ब ९३ करोडको बजेट

कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेट सार्वजनिक गरेको छ ।

आइतबार बसेको नगरसभाको १०औं नगर अधिवेशनमा उपप्रमुख कन्दकला रानाले रु १ अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक बजेटमा चालुतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ रुपैयाँ छुट्याइएको छ भने पूँजीगततर्फ ७५ करोड ६३ लाख २७ हजार १५५ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्