Logo

गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

कार्यक्रमका लागि रोमानियामा रहेका लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि कार्यक्रम चलिरहदा स्टेजमै बियरको बोतल प्रहार भएको छ ।

स्टेजमा आफ्नो प्रस्तुति दिइरहँदा उनीमाथि बोतल प्रहार गरिएको थियो । कार्यक्रममा उपस्थित एक दर्शकले खिचेको बोतल प्रहार गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।

गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए । हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको बताइएको छ ।

सपुतले ‘बोल माया‘’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हुर्‍याइएको थियो । सपुतले त्यसलाई छल्न भ्याएनन् । उनको निधारमा सामान्य चोट लागेको छ ।

बोतल प्रहारपछि आधा घण्टाजति बिथोलिएको कार्यक्रमलाई गायक सपुतले पुनः गीत गाएर निरन्तरता दिएका थिए।

प्रतिक्रिया दिनुहोस्