Logo

सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

११ असार,काठमाडौ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सनुको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्