Logo

मेयर बालेनविरूद्ध परेको मुद्दा आज हेर्न नभ्याइने

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह उर्फ बालेनविरूद्ध परेको मुद्दा आज(सोमबार) हेर्न नभ्याइनेमा परेको छ।

अदालतको अवहेलना भएको भन्दै मेयर बालेनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दा न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले हेर्न नभ्याइनेमा राखेको हो।

मेयर बालेनविरूद्ध अधिवक्ता वर्षाकुमारी झाले शुक्रबार मुद्दा दायर गरेकि थिइन्। उनले बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको आरोप लगाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्