Logo

सरकारले नियोजित ढंगले निर्वाचन कार्यालय खारेज गरेको एमाले प्रमुुख सचेतक गिरीको आरोप

नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद पदम गिरीले सरकारले नियोजित ढंगबाट जिल्ला निर्वाचन कार्यालय खारेज गरको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका गिरीले सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर प्रमुख जिल्ला अधिकारीको मातहतमा राख्न खोजिएको भन्दै आपत्तिसमेत जनाए ।

“नियोजित ढंगले निर्वाचन प्रभावित पार्ने अन्तर्यमा यो निर्णय सरकारले ल्याएको छ । त्यसकारण यो नियोजित ढंगले भएको हो भन्ने बुझिएको हो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्