Logo

प्राधिकरणका महानिर्देशकलाई मन्त्री किरातीले सोधे स्पष्टीकरण, ‘तपाईंको कार्य क्षमता कमजोर रहेको किन नमान्ने ?’

काठमाडौं, असार १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नौ बुँदे स्पष्टीकरण सोधेका छन् ।

उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लागेपछि मन्त्री सुदन किराँतीले नौ बुँदे स्पष्टीकरण सोधको हुन् ।

यस्तै सरकारले दातृ निकायसँग ऋण लिएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि ती विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नसकेको भन्दैस्पष्टीकरण सोधिएको छ । स्पष्टिकरणमा भनिएको छ– ‘विमानस्थल सञ्चालकको समेत मुख्य भूमिकामा रहनु भएका तपाईंको कार्य क्षमता कमजोर रहेको किन नमान्ने ?’

सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग गर्ने नीति लिएको भए पनि अधिकारीले त्यस नीति विरुद्ध काम गरेको र अभिव्यक्तिहरु दिइएको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्