Logo

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन: कांग्रेस प्रमुख सचेतक लेखक

काठमाडौं,१२ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरी प्रमुख जिल्ला अधिकारीको मातहतमा राख्ने उल्लेख गरिएको थियो ।

सरकारले बजेट वक्तव्यमार्फत गरेको उक्त निर्णय सच्याउन माग गर्दै मंगलबारको संसद बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले विरोध जनाउँदै सदन अवरोध गरेपछि प्रमुख सचेतक लेखकले सबै राजनीतिक दलका नेताहरुसँग परार्मश गररिसकेको विषय भएको कारण निर्वाचन कार्यालय खारेज नगरिने र अर्थमन्त्री डा.प्रकाशशरण महतले आजै सदनमा उक्त प्रतिवद्धता जनाउने बताए ।

उनले भने,‘म नेपाली कांग्रेस संसदीय दलको तर्फबाट पनि आग्रह गर्छु। हाम्रो पनि सहमति भएकाले त्यो प्रतिबद्धता हुन्छ । आयोगका विभिन्न कार्यालयमा गाभ्ने भन्ने कन्फ्युजन भएको छ आयोगका कार्यालयहरू स्वतन्त्र नै रहने गरी अर्थमन्त्रीले आजै प्रतिबद्धता जनाउनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्