Logo

पशुपतिनाथको जलहरीमा १३ जनाको नाम लेख्ने वुद्धि कहाँबाट जाग्यो?: कांग्रेस सांसद गौतम

काठमाडौं,१२ असार । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथको गर्भगृहमा राखिएको सुनको जलहरीमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी,तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जना व्यक्तिको नाम कुँदेको भन्दै भत्र्सना गरेकी छन् ।

प्रतिनिधसभाको मंगलबारको बैठकमा बोल्दै सांसद गौतमले पशुपतिनाथले मलाई सुनको जलहरी चढाउ भनेका थिए कि वा भोलेनाथलाई सुनको जलहरी चढाउँदा शिवलिङ्गको मौलिक स्वरुपनै दर्शन गर्न पाईन्छ भनेर उक्त कार्य गरेको हो भन्दै प्रश्न गरेकी छन् ।

उनले आरध्यदेव पशुपतिनाथलाईसमेत विवादमा ल्याउने गरि सारा हिन्दुहरुको भावनामा चोट पुग्ने काम भएको बताउदै गर्भगृहमा रहेको शिव लिङ्गलाई छुनसमेत हुँदैन भन्ने मान्यता परम्परामा रहेको कारण धर्मको नाममा नौंटंकी बन्द गराई चढाइँएका सबै सुन राज्यकोषमा दाखिला गरि पशुपतिनाथलाई पुरानै मौलिक स्वरुपमा राखिओस भनेर मागसमेत गरेकी छन् ।

पशुपति नामथको जलहरी प्रकरणमा अख्तियारले ढिलै भएपनि छानविन गर्नु राम्रो कुरा भएको उल्लेख गर्दै गौतमले जलहरीको परीक्षण गर्दा १३ जनाको नाम पार्वतीका अंगकारुपमा पूजा गर्ने जलहरीमा कुँदिएको प्रति आपत्तिसमेत जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्