Logo

ग्रिन कार्ड होल्डर बेहुलालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं, १३ असार । मागेजति दाइजो प्राप्त नभएको भनि बिवाह रद्द गर्ने अडान लिई मण्डपमा रहेकी बेहुलीलाईसमेत गाली बेईजती तथा हातपात गरेको अभियोगमा पक्राउ परेका अनुराग रौनियारलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

सुनसरी दुहवी नगरपालिका–६ स्थायी घरभई हाल काठमाडौं– १३ ताहाचल बस्ने ३२ वर्षिय रौनियारलाई हिजो प्रहरीले विबाह मण्डपबाट पक्राउ परेको थियो । पक्राउ परेका रौनियार अमेरिकाको ग्रिन कार्ड होल्डर रहेको खुलेको छ । उनलाई थप पाँच दिन हिरासतमा राखेर अुनसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्