Logo

शरणार्थी प्रकरण: जिल्ला अदालतको आदेश खारेजीको मागसहित उच्चमा मुद्दा दायर

काठमाडौं,१३ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेर काठमाडौं जिल्ला अदालतको आदेश अनुसार कारागार चलान भएका तीन जना प्रतिवाद्धीले जिल्ला अदालतको फैसला खारेजीको मागसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा भएको थुनछेक बहसपछि गत असार एक गते यस प्रकरणमा पक्राउ परेका १८ मध्ये १६ जनालाई थुनामा पठाएर अनुसन्धान गर्न आदेश दिएका थिए ।
न्यायाधीश न्यौपानेको आदेशविरुद्ध आज पूर्वसांसद आङटावा शेर्पा,नरेन्द्र केसी र गोविन्द चौधरीले उच्च अदालतमा मुद्धा दायर गरेका हुन् ।

मुद्दा दायर गर्ने केसी नेपाली कांग्रेसक केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणका नीजि सहयोगी हुन् भने शेर्पा कांग्रेसका नेता हु्न । उनी २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रामेछाप १ बाट निर्वाचित भएका थिए ।

यस प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसहित १६ जना थुनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्