Logo

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई सात दिन म्याद थप

काठमाडौं / ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेका चार जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न ‍‍‍काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

बुधबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

पक्राउ परेका चार जनालाई नै व्युरोले बुधबार सरकारी वलिक कार्यालयमा उपस्थीत गराएर जिल्ला अदालतमा लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्