Logo

रोपाइँ कार्यक्रमको लागि केपी ओली भोलि चितवन जाँदै

काठमाडौं, १४ असार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन जाने भएका छन् । असार १५ राष्ट्रिय पर्वको अवसरमा चितवनमा हुने कार्यक्रममा सहभागी हुने उनी भोलि चितवन पुग्ने भएका छन् ।

ओलीको सचिवालयले जनाएअनुसार उनको भोलि विहानको कार्यक्रम गेष्ट हाउ चौर, भरतपुरमा हुनेछ । त्यहाँ ७ बजे भेला भएर रोपाइँको लागि केरुङा सामूदायिक तरकारी फर्म, नयाँबस्तीमा ९ बजे भेला हुने जनाईएको छ । कार्यक्रमको लागि कृषि–अर्थतन्त्र, कृषि–उद्यमशीलता, कृषिमा रोजगारी र कृषिमा कमाइ नारा दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्