Logo

एमाले सचिव भट्टराईमाथि आक्रमणको प्रयास

काठमाडौं,१४ असार । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईमाथि आक्रमणको प्रयास भएको छ ।

७०औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन् इलाम पुगेका भट्टराईमाथि पहिचानवादीहरुले आक्रमणको प्रयास गरेका हुन् ।

उनीहरुले भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए । कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नामकरणको पक्षमा रहेका व्यक्ति र सांसदविरुद्ध प्रदर्शन, नाराबाजी र अवरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्