Logo

जलहरीमा भ्रष्टचार भएकोबारे ओली:‘खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित छैन’

काठमाडौं,१४ असार । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको जलहरीका विषयमा आफूलाई जोडिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार हुने धान दिवसको कार्यक्रममा सहभागी हुन चितवन पुगेका ओलीले आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको उनले बताए ।

‘मैले त पशुपति विकास कोषलाई पैसा दिनेमात्रै हो। अरू काम उनीहरूले कस्तो गरे, के गरे मसँग सम्बन्धित विषय होइन। खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित विषय होइन नी ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्