Logo

ललिता निवास र त्यस्ले चर्चेको जग्गामा भवन नबनाउन महानगरको परिपत्र

काठमाडौं,१८ असार । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यस्ले चर्चेको जग्गामा भवन निर्माण नगर्न सम्बन्धित सबैको लागि परिपत्र गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै महानगरले वडा नम्बर ४ मा पर्ने उक्त क्षेत्रमा र अहिले कुनै भवन निर्माण भएमा त्यसलाई रोक्न पनि सार्वजनिक सूचना जारी गरेको छ ।

सूचनाको उलङ्घन गरी सो क्षेत्र भित्र भवन निर्माण गरेमा महानगरले संरचना भत्काउने चेतावनी पनि दिएको छ । भत्काउँदा लागेको खर्च समेत सम्बन्धित घरधनीबाट असुल उपर गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्