Logo

आयरल्याण्डलाई २ सय ६९ रनको लक्ष्य

काठमाडौं, १९ असार । आईसीसी विश्वकप क्रिकेटको छनोटअन्तर्गत ७औं स्थानका लागि भएको खेलमा नेपालले आयरल्याण्डलाई २ सय ६९ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन जोडेको हो।

धर्बराइरहेको नेपाल ब्याटिङ् लाइन मध्यक्रममा आएका ब्याट्सम्यान गुल्शन झाले सम्हाले। उनले सन्दीपसँग मिलेर ८० रनको पालि खेले।
आक्रमक ब्याटिङ् गरेका गुल्शनले ४२ बलमा अवजित ५७ रन जोडे। उनले ३ छक्का र ४ चौका प्रहार गरे।

यस्तै, ओपनर तथा विकेटकिपर अर्जुन साउदले ४८ रन जोडे। उनी ८४ बलको सामना गर्दै ३ चौका र २ छक्का जोड्दै ४८ रनमा पभेलियन फर्के।

कप्तान रोहित पौडेलले २९ रन जोड्दा, भीम सार्की २०, कुशल मल्ल ४४, सन्दीप लामिछाने ३२ रन बटुल्दै आउट भए।

आयरल्याण्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २/२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्