Logo

प्रधानमन्त्रीको अभिव्यक्तिले मिटरव्याजसम्बन्धी अध्यादेश निष्क्रिय

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले सरकारले मिटरव्याजपीडितलाई सम्बोधन गर्न ल्याएको अध्यादेश निष्क्रिय भएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि बुधबार प्रतिपक्षी दल एमालेले संसद् अवरोध गरेसँगै अध्यादेश निष्क्रिय भएको हो।

६० दिनभित्र अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक संसद्का दुवै सदनबाट पारित हुन नसके स्वत : निष्क्रिय हुने व्यवस्था अनुसार बुधबार रातिदेखि अध्यादेश निष्क्रिय हुनेछ।

अवरोधका कारण राष्ट्रियसभा बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्