Logo

नाबालिग बलात्कार प्रकरण: एलओडीका अर्का सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ

काठमाडौँको ठमेलस्थित एलओडी (लर्ड अफ द ड्रिंक्स) क्लबका अर्का सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ परेका छन् ।

गत जेठ ३० गते ठमेलको एलओडी क्लबमा पुगेकी १६ वर्षीय किशोरीको बलात्कार प्रकरणमा क्लबका सञ्चालकद्वय रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।

ललितपुर प्रहरी परिसरले शुक्रबार बिहान ९ः३० बजे श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरेको हो ।

ललितपुर प्रहरी परिसरले एलओडीका अर्का सञ्चालक राजुसिंह सुवाललाई पनि बिहीबार अपरान्ह बालुवाटारबाट पक्राउ गरिसकेको छ।

पक्राउ परेका दुवैजनालाई शुक्रबार नै जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइँदैछ। उनीहरुलाई बालबालिकासम्बन्धी कानुन अनुसार कारबाही अघि बढाइने छ।

प्रतिक्रिया दिनुहोस्