Logo

मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै एमाले र राप्रपा आजै अदालत जादै

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सर्वोच्च अदालत जाने भएको छ ।

प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८ को उपधारा २ अनुसार दाबी पेस गर्दा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडिएको भन्दै आपत्ति जनाउँदै आएको एमाले आज अदालतको ढोका ढकढक्याउन जाने एमाले कोशी प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीले बताए ।

‘सभामुखले दल त्याग गरेर स्वतन्त्र भईसकेपछि सत्तारुढ गठबन्धनले सभाुखलाई जोडर दाबी पेस गर्नु संविधान र कानूनको विपरीत हो । असंबैधानिकरुपमा गरिएको नियुक्ति बदरका लागि एमालेले कानूनी लडाँई लड्ने निर्णय गरेको छ ’ सांसद अधिकारीले भने ।

एमालेले गर्ने कानूनी लडाँईलाई अर्को प्रतिपक्षी दल राप्रपाले समेत साथ दिने सांसद अधिकारी बताउँछन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्य पर्छ । सत्तारुढ दलसँग सभामुखवाहेक ४६ सांसदका मात्रै समर्थन रहेको कारण बिहीबार सभामुख बाबुराम गौतमलाई समेत जोडेर प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेस भएको थियो । प्रदेश प्रमुख खापुङले हिजै कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई नयाँ मुखयमन्त्री नियुक्ति गरेका थिए । जून कार्यको चर्को आलोचना भईरहेको छ ।

निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असंवैधानिकरूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेश माग्दै रिट निवेदन दिने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्