Logo

सही नेतृत्व छान्न सके मात्रै मिसन २०८४ सफल हुने ,सही व्यक्ति उम्मेदवार हुनुपर्ने :सभापति रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने सही नेतृत्व छान्न सके मात्रै मिसन २०८४ सफल हुने बताएका छन् । संगै सही व्यक्ति उम्मेदवार हुनुपर्ने बताएका हुन् ।
पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा आबद्ध हुनु भनेकै उम्मेदवार बन्नु नभएको उनले बताए । उनले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको बताउँदै कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको दाबी गरे ।

देशमा राम्रा नारा सबैले लगाउने गरेको बताउँदै उनले नारामा नभई पारा राम्रो हुनुपर्ने बताए । सभापति लामिछानेले नराम्रो काम गर्ने आफ्नो पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने बताए । अरु पार्टी जस्तो नहुने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्