Logo

राप्रपाको केन्द्रीय कार्यालय ३ दिनभित्र हटाउन महानगरको माइकिङ, भोलि सम्म हटाउनुपर्ने भनेका छौं, निर्णय अटेर गरेमा महानगरपालिकाले आफैं भत्काउनेछ,’ पाण्डे

काठमाडौं – पछिल्लो समय काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले कुनै खालका सम्झौता नगर्ने बताउदै आएका छन् । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय ३ दिनभित्र हटाउन माइकिङ गरेको छ । काठमाडौंको धुम्बाराहीस्थित राप्रपाको कार्यालय विद्युत प्रसारणलाइनको मुनि रहेको भन्दै आइतबारसम्म हटाउन महानगरले माइकिङ गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

‘राप्रपाको कार्यालय आइतबारसम्म हटाउनुपर्ने भनेका छौं, निर्णय अटेर गरेमा महानगरपालिकाले आफैं भत्काउनेछ,’ पाण्डेले भने । महानगरपालिकाले १३ असोज २०७९ मा पनि कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेको थियो । ‘अघिल्लो वर्ष हटाउने निर्णय प्रक्रियामा रहेकोले सूचना टाँसेर माइकिङ गरेका थियौं, यो पटक भने निर्णय नै भइसकेको छ,’ पाण्डेले भने । राप्रपा स्रोतका अनुसार दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाएर तत्कालीन राप्रपा नेपाललाई दिएका थिए ।

उनले पत्नी शशीकला राजभण्डारीको स्मृतिमा बनाएको भवन १२ आना जग्गामा ६ हजार ५ सय वर्ग फिटमा फैलिएको छ । हामी भोलि समय पर्खिन्छौ भने पाण्डे ।

प्रतिक्रिया दिनुहोस्