Logo

ट्रक दुर्घटना हुँदा २ जना किशोरी घाइते

दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

लमही- घोराही सडक खण्डको चौपट्टा नजिक शनिवार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन् । घाइते हुनेहरूमा लमही नगरपालिका- २ बस्ने बर्ष १८ कि रबिना चौधरी र सोही ठाउँकी १६ वर्षकी करुणा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीतर्फ आउदै गरेको ट्रकको घोराही उपमहानगरपालिका-३ भैंसी बगाउने खोला नजिक उकालोमा टायर पन्चर भएको थियो । टायर पन्चर भएको थाहा पाएर रोक्ने क्रममा ब्रेक फेल हुदा ट्रक सडकबाट खोलामा खसेको प्रहरीको भनाइ छ ।
त्यस क्रममा ट्रकका चालक र सहचालक हामफालेका थिए भने ट्रकमा सवार किशोरीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्