Logo

होसियार आँखा पाक्ने रोग बढ्दै

विगत केहि दिनदेखि देशभर व्यापक रुपमा आखाँ पाक्ने रोग फैलिइरहेको छ ।चिकित्सकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ ।

यस्तो संक्रमण हुँदा आँखा गुलाफी,रातो देखिने,चिलाउने, पोल्ने,पानी बग्ने,बिरामीको परेला सुन्निने,आखाँमा केही बिझेजस्तो महसुस हुने,उज्यालो हेर्न गाह्रो हुने,दृष्टिधमिलो हुने लगायतका लक्षणहरू देखिन्छ।

यो रोग लाग्दा खेरि संक्रमित व्यक्तिको आँखाबाट पानी निस्कने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा संक्रमण सर्छ । त्यसैले संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने हुन्छ।यस्तो संक्रमण भएका बेला तौलिया,रुमाल,लुगाफाटो,मेकअपका सामान अरूलाई प्रयोग गर्न दिनुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्