Logo

धनगढी पुगेर सांसद स्वर्णिम वाग्लेले भेटे स्वतन्त्र मेयर हमाल, हमालको अनुभव रोचक रहेको भन्दै प्रशंसासमेत गरे

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसँग भेटघाट गरेका छन् । पार्टीको कार्यक्रममा पुगेका वाग्लेले मेयर हमालसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । यस बाट धेरै कुराको अड्कलबाजी गर्नुसकिछ । गोपाल हमालले गरेको कामहरु वाग्ले तानेको हो या राष्ट्रिय स्वतन्त्र पार्टीकामा तान्नु खोजिएको हो ।

वाग्लेले मेयर हमालले गरेका सुशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, नागरिक सुरक्षा, सहरी सौन्दर्यजस्ता काम प्रेरणादायी रहेको बताएका छन् । उनले स्वतन्त्र नेता भ्रष्ट दलतन्त्रको दलदलबाट कसरी सफल बन्छ भन्ने बारे हमालको अनुभव रोचक रहेको भन्दै प्रशंसासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्