Logo

विजयकुमार गच्छदार सहित ४ पुर्व मन्त्रि विरुद पक्राउ पुर्जि जारि, बाबुराम भटराई र माधव नेपाल माथि पनि अनुसन्धान गर्न अदालतको आदेश

ललिता निवास प्रकरणमा पुर्व ४ मन्त्रि विरुद पक्राउ पुर्जि जारि भएको छ । काग्रेसका नेता विजय कुमार गच्छदार सहित चार मन्त्रि विरुद पक्राउ पुर्जि जारि भएको हो । आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पूर्वउपप्रधानमन्त्री एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार साह, पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले बताएको छ।

सीआईबीले यस प्रकरणमा ४०६ जना विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ ।हाल सम्म ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यसैगरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छ । त्यस्तै यसै ललिता निवास जग्ग प्रकरणमा पुर्व प्रधानमन्त्रि दय बाबुराम भटराई र माधव नेपाल संग पनि अनुसन्धन गर्न बाटो खुलेको छ ।

लितानिवास जग्गा अनियमितता प्रकरणमा मुछिएका एक नायब सुब्बा ले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले तल्लो तहका कर्मचारीलाई मात्रै अनुसन्धानको दायरामा ल्याएको देखिएको भन्दै निर्णयकर्ताहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन निर्देशनात्मक आदेश जारी गरेको हो ।सर्वोच्चले मन्त्रिपरिषदको बैठकको २०६६ चैत २९ गते, २०६७ वैशाख ३१ गते, २०६७ साउन २८ गते र २०६९ असोज १८ गते भएको निर्णय र त्‍यस निर्णयमा सहभागीमाथि अनुसन्धान गर्न आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्