Logo

फेसियल हाउसले मनायो महिला शशक्तिकरण तिज कायक्रम

अनलाइन टिभी नेपाल काठमाडौं, काठमाडौंको चर्चित फेसियल हाउसले महिला शशक्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम मनाएको छ । महिला दिदि बहिनिको बिशेष चाडको अवशर पारि गरिएको गोष्ठी कार्यक्रम शब्य र भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले फेसियल हाउससँगको आफ्नो सम्बन्ध लामो समयदेखि भएको स्मरण गराएकि थीइन । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले जब सम्म महिला आर्थिक रूपका सशक्तीकरण हुदैन तबसम्म महिला सशक्तीकरण नहुने धारणा राखिन् । महिलाहरूमा हिम्मत भएका कारण निजी क्षेत्रमा समेत अग्रस्थानमा रहँदै आएको बताइन् । त्यस्तै, कर्पोरेट खबरका सञ्चालक उज्जवलजंग शाहले अहिले नेपालमा जुनसुकै काम गर्न पनि निकै कठिन रहेको बताए । अहिले निजी क्षेत्रलाई चौतर्फी रुपमा गिराउने कोशिस भईरहेको समेत जानकारी गराए । शाहले दैनिक हजारौं युवा रोजगारीका लागि विदेश जाने गरेको भन्दै केटाले मात्र कपाल काट्ने नभएर केटीले पनि कपाल काट्नुलाई पेशाको रुपमा बदल्न आवश्यक रहेको बताए ।

हाउसकी प्रमुख कार्यकारी अधिकृत सुष्मा महराले तीज आउने बितिकै महिलाहरू व्यस्त हुने र फरक प्रसंगमा महिलाको दुश्मन महिला नै हुने गरेको बताइन् । उनले देशमा अहिले देखिएको आर्थिक मन्दीको असरले देशलाई समस्यामा पार्ने बताइन् । उनले आफुले धेरै मानिसलाई रोजगारी दिएको स्मरण गर्दै अनाहकमा पाउने दुःख, झन्झटले गर्दा मानिसलाई रोजगारी दिने क्षेत्रमा लगानी बढाउनु आफ्नो गल्ती हो की भन्ने जस्तो लाग्ने गरेको बताइन् । कार्यक्रममा हाउसका उपत्यकाभित्रका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा आबद्ध महिला कर्मचारीहरुलाई सहभागी रहेको थियो । कार्यक्रममा फेसियल हाउसले मन्त्री चौधरी र उनको श्रीमान तथा नेउपाका नेता रेशम चौधरीलाई पुरस्कार दिएको छ |

प्रतिक्रिया दिनुहोस्