Logo

चर्चित नायक अनमोल केसी प्रहरीको फन्दामा

चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । अनमोललाई साँगाबाट पक्राउ गरिएको वुझिएको छ । चलचित्र “रावायण”मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । सुदर्शन फिल्मस्ले दिएको उजुरीको आधारमा प्रहरीले अनमोललाई खोजी गरिरहेको थियो ।

अनमोललाई प्रहरीले प्रहरी कार्यलयमा आउनका लागि पटकपटक अनुरोध गर्दा पनि सम्पर्कमा नआएपछि हामीले खोजि गरि पक्राउ गरेको बताए । तर, अनमोल प्रहरीको सम्पर्कमा आउन चाहेका थिएनन् । पटक पटक कार्यालयमा आउन अनुरोध गर्दा नाएपछी आज उनलाई प्रहरीले साँगाबाट पक्राउ गरेको काठमाण्डौ अपराध अनुसन्धान महाशाखाका एस.पी कृष्ण प्रसाद कोईरालाले अनलाईन टिभी नेपाललाई जानकारी दिएका छन् । उनलाई काठमाडौं ल्याउँदै गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्