Logo

भुवन केसी प्रेमिका जिया केसीलाई लिएर सुजल्याण्ड घुमघाममा, अनमोल केसी प्रहरीको फन्दामा

चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उनका पिता भुवन केसी प्रेमिका जिया केसीसँग सुजल्याण्ड पुगेका छन् । जिया र भुवनले आफ्नो फेसबुकमा सुजल्याण्ड घुमघामका फोटोहरु अपलोड गर्दै छन् भने यता अनमोल केसी आज साँगाबाट पक्राउ परेका छन् ।

अनमोल किन पक्राउ परे त ?

चलचित्र “रावायण”मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । सुदर्शन फिल्मस्ले दिएको उजुरीको आधारमा प्रहरीले अनमोललाई खोजी गरिरहेको थियो ।


अनमोललाई प्रहरीले प्रहरी कार्यलयमा आउनका लागि पटकपटक अनुरोध गर्दा पनि सम्पर्कमा नआएपछि हामीले खोजि गरि पक्राउ गरेको बताए । आज उनलाई प्रहरीले साँगाबाट पक्राउ गरेको काठमाण्डौ अपराध अनुसन्धान महाशाखाका एस.पी कृष्ण प्रसाद कोईरालाले अनलाईन टिभी नेपाललाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्