Logo

जाजरकोटमा भूकम्पको लगातार ४ झटका १३२ जनाको मृत्यु, १४० घाइते

अनलाइन टिभी नेपाल काठमाडौं, जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको छ। त्यसपछि लगातार ३ वटा भूकम्पका झडकाहरु गएका छन् । भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार शुक्रबार राति ११ः ४७, १२: ०८, १२: २९,१२: ३५ गरी ४ पटक क्रमश: ६.४, ४.५, ४.२, ४. ३ म्याग्निच्युडको भूकम्प गएको थियो।

पश्चिम नेपालमा शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३२ जनाको मृत्यु भएको छ । शनिवार बिहान साढे ९ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । जाजरकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उद्धार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्