Logo

जाजरकोटबाट ७ जना घाइते लिएर सुर्खेत फर्के प्रधानमन्त्री

अनलाइन टिभी नेपाल काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्पबाट घाइते भएका ७ जना र उनीहरुको कुरुवाहरु लिएर जाजरकोटबाट सुर्खेत फर्केका छन्।

शनिबार दाहाल गएको हेलिकप्टर भूकम्पबाट घाइते भएका जाजरकोटका ७ जना र उनीहरुको कुरुवा ७ जना लिएर सुर्खेत फर्केको हो । प्रधानमन्त्री दाहालले यसअघि जाजरकोट जिल्ला अस्पताल पुगेर घाइतेहरुलाई भेटेका थिए । प्रमुख जिल्ला अधिकारीसँग क्षतीको विवरण लिएर दाहालले स्थलगत अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्