Logo

बुद्ध एयरले भूकम्पपीडितलाई एक करोड दिने

अनलाइन टिभी नेपाल काठमाडौं, कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि बुद्ध एयरले एक करोड दिने भएको छ । शनिबार बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा गरी कम्ती एक सय २८ जनाले ज्यान गुमाएका छन् । शनिबार बिहान अत्यवश्यक सामाग्री तथा स्वास्थ्यकर्मीहरुको टोली लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा गएका छन् । उनले त्यहीबाट सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रलाई सहयोग गर्न अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्