Logo

जाजरकोट र रुकुम भुकम्प अपडेट: ज्यान गुमाउनेको संख्या १४३ पुग्यो

अनलाइन टिभी नेपाल काठमाडौं, जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेको संख्यामा १४३ पुगेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार भूकम्पमा परी जाजरकोटमा १०५ र रुकुम पश्चिममा ३८ जना गरी अहिलेसम्म १४३ जनाले ज्यान गुमाएका छन् । भूकम्पमा परी जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ गरी १६६ जना घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पमा गएको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा मानवीयसँगै ठूलो भौतिक क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्