Logo

सरकारले भूकम्पबाट मृत्यु भएका परिवारलाई दुई लाख दिने

अनलाइन टिभी नेपाल काठमाडौं, सरकारले भूकम्पबाट मृत्यु भएका परिवारलाई तत्काल दुई लाख दिने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको आकस्मिक बैठकले मृतक परिवारलाई तत्काल दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो । जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय भन्दा जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र पश्चिम रुकुममा ५२ जनाएको मृत्यु भएको छ । प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण कार्य आइतबारसम्म पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस्