Logo

एस.एस एकेडेमीले नेपाली सेनाको अधिकृत क्याडेट सि.स ६४ ब्याजमा उतिर्ण बिद्यार्थीहरुलाई बधाई तथा सम्मान

९ मंसिर २०८०, शनिबार / एस.एस एकेडेमीमा नेपली सेनाको अधिकृत क्याडेट सि.स ६४ बेसिक तयारी प्रवेश परीक्षाको अध्ययन पुरा गरी नेपाली सेना जस्तो गरिमामय संस्थामा प्रवेश गरेका सम्पुर्ण अधिकृत क्याडेट हरुलाई अनामनगरमा रहेको किम्ची रेस्टुडेन्टको सभा हलमा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

एस.एस एकेडेमीमा नेपाली सेनाको अधिकृत क्याडेट ब्याज ६५ ले हालै उत्तिर्ण गरेका ब्याज सि.स ६४ लाई बधाई एवं शुभकामना व्यक्त गरेको हो । एस.एस एकेडेमीबाट २१० जना विद्यार्थीहरुले नेपाली सेनाको अधिकृत क्याडेटको तयारी गरेका थिए जसमा ६७ जना अधिकृत क्याडेटले नाम निकाल्न सफल भएका छन्।

एस.एस एकेडेमीको संघर्षरत १६ वर्ष एस.एस एकेडेमीले आर्मी पुलिसमा भर्ति हुन सोर्सफोर्स चाहिन्छ भन्ने भ्रम तोड्न सबैभन्दा धेरै संघर्ष गर्नुपर्यो ‌। सोहि संघर्षको फल स्वरूप अहिले दुर्गम गाउँका भाइबहिनीहरु जसको आर्मीमा कोहि छैनन् उनीहरुले पहिलो नम्बरमा नाम निकालेर देखाएका छन् ‌। आफ्ना आफन्त तथा सहेलीहरुको साथ सपोर्टलाई मनन् गर्दै एस.एस एकेडेमीले अब आउने पिढीको भविष्य केन्द्रमा राखेर सुरुवात गरेको संस्थाका सन्चालक प्रदिप गुरागाईं बताउछ्न |

थपे, सुरुवाती दिन देखिको मेहेनतले आजको १६ वर्षे एसएस एकेडेमी बनाउन सफल भएको हो। १२ कक्षा पास गर्ने बितिकै विदेशीने लहरलाई मध्येनजर गर्दै विविन्न कलेज स्कुलमा पुगेर नेपाली सेनाको गरिमामय पदको अवसरले युवा खोजेको छ भन्ने ज्ञान दिनु हाम्रो मुख्य संकल्प थियो एसएस एकेडेमी व्यवसाय मात्र सोचेर होइन कि देशमा युवा चाहिन्छ र यस्ता धेरै अवसरहरु देशमा नै छन् जसले युवा पर्खेको छ भन्ने सेवा भावले कार्य गरिरहेको समेत सन्चालन गुरागाईंले बताए।

नेपाली सेनाको क्याडेट हुन कस्तो योग्यता चाहिन्छ ?

अधिकृत क्याडेट पदका लागि दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने छ । अधिकृत क्याडेट वा स्नातक अधिकृत क्याडेट दुवैका लागि एसएलसी वा एसईई परीक्षामा अनिवार्य गणित विषय लिएको हुनुपर्ने छ । साथै अधिकृत क्याडेट पदका लागि १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको र स्नातक अधिकृत क्याडेट पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्