Logo

सक्किगोनिका ” धतुरे बा ” ले मनाए ट्राफिक प्रहरी संग जन्मदिन ।

काठमाडौं । हास्य टेलिसिरियल सक्किगोनीका कलाकार सि.पि पुडासैनी ( धतुरे बा ) ले आफ्नो ४४ औं जन्मदिन फर्क तरिकाले प्रहरी परिसरमा भब्यताका साथ मनाएका छन ।

सातदोबाटो प्रहरी परिसर पुगि उनले त्यहाँ रहेका ट्राफिक प्रहरीहरुलाई खादा लगाईदिएर सम्मान गरेका हुन । साथै उनले ट्राफिक प्रहरीहरुलाई कफि पनि वितरण गरेका छन । उनी भन्छन ” हाम्रो अभिभावक बनेर दिनरात घामपानी

, धुवाँधुलो केही नभनी देश र जनताको निम्ति अहोरात्र खटिनुहुने सुरक्षाकर्मिहरुलाई उहाँहरुको कार्यको उचित मुल्यांकन गर्दै थप प्रोत्साहन मिलोस भन्दै मैले सम्मान गरेको हुँ । ”

प्रतिक्रिया दिनुहोस्