Logo

क्लेरियन्स नेपाल ब्यान्डको ‘म उठ्छु’ मा बोल्ड साक्षी

काठमाडौँ । नवराज श्रेष्ठको स्वर तथा कल्याण सिंहको सङ्गीतमा नयाँ गीत ‘म उठ्छु’ सार्वजनिक भएको छ । गीतका शब्द डीपी खनालले कोरेका हुन् ।
नाइन्टिज प्रोडक्शन हबको प्रस्तुति रहेको भन्नेकुरा नारायण समाजसेविले जानकारि दिएका छन भिडियोमा ब्यान्डका अधिकांश सदस्यहरूलाई नै देख्न सकिन्छ । साथमा मोडल साक्षी लम्साललाई पनि प्रस्तुत गरिएको छ ।

भिडियोमा सन्जित के घिसिङको छायाङ्कन, सम्पादन र निर्देशन छ । क्लेरियन्स नेपाल नामक ब्यान्डमा चारजना सदस्यहरू छन् । प्रेम भाव बोक्ने गीतलाई यो ब्यान्डले नयाँ शैलीमा सार्वजनिक गरेको छ । गीतको भिडियोमा मोडल साक्षी लम्साल हट अवतारमा प्रस्तुत भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्