Logo

सुनको भाउ तोलामा १९ सय रुपयाँले घट्यो, १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार हुँदै

काठमाण्डौ – सुनचाँदीको भाउ पनि आज घटेको छ । तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ थियो ।

आज चाँदी भने तोलामा २५ रुपैयाँले घटेको छ । हिजो तोलाको १ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ३ सय ९०रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्