Logo

थ्रीकम इन्टरनेशनल स्कुलको ८ औ वार्षिक उत्सव, अभिभावक दिवस तथा ग्राजुएसन समारोह सम्पन्न

सर्लाही- बरहथवा नगरपालिका स्थित थ्रीकम इन्टरनेशनल स्कुलको ८ औ वार्षिक उत्सव, अभिभावक दिवस तथा ग्राजुएसन समारोह सम्पन्न भएको छ । विद्यालयको अध्यक्षको अध्यक्षता, बरहथवा नगरपालिकाको उप-मेयरको प्रमुख आथित्यता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको विशेष आथित्यतामा कार्यक्रम भएको हो ।

विद्यालयका प्रधानाध्यापक संजिप जयसवालको नेतृत्वमा वार्षिक उत्सव ब्यबस्थापन भएको थियो । साथै सह-प्रधानाध्यापक र विद्यालयका सम्पूर्ण कर्मचारी, शिक्षकको बिशेष सहकार्यमा कार्यक्रम सफलताको साथ् भब्य रुपमा सम्पन्न भयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि, बिशिस्ट अतिथिले शिक्षा मानिसलाई सही बाटो देखाउने एउटा मार्ग हो । शिक्षा हासिल गर्न उमेर, जात, लिङ्ग, धर्मले छेक्न सक्दैन साथै विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवसको शुभकामना दिदै विद्यालयले गरेको लगानी भौतिक पुर्वाधार, शिक्षक प्रशिक्षण र व्यावहारमा आधारित अध्ययन ई सबै प्रशंसनीय छ बताउनु भएको छ ।

साथै प्रमुख अतिथि रहनु भएका रामबाबु साहले सम्पुर्ण विद्यार्थि तथा शिक्षकहरुलाई आगामी दिनमा कुनै असहज वातावरण नहोस भन्दै विद्यालयको स्तर उन्नतीका लागि सबै अभिभावकहरु एक भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रमका सभा अध्यक्ष समेत रहनुभएका संजय जयसवालले विद्यालयको भौतिक संरचना तथा विद्यार्थि र शिक्षकको अवस्था हेरी विकास निर्माणमा तिव्र गति लिएको बताउदै आगामी दिनमा पनि कुनै समस्या नहुने बताउनु भयो ।

कार्यक्रममा विभिन्न किसीमका सांगीतिक प्रस्तुतीहरु प्रस्तुत गरीएको थियो । कार्यक्रमको संचालक कमल नेपालले गर्नुभएको थियो । कार्यक्रममा शिक्षक,विधार्थी,पत्रकार, परोपकारी, अभिभावक लगाएत स्थानीय बासीको उपस्थित रहेको थियो । यो सकारात्मक खबर तपाईको मिडियाबाट धेरै भन्दा धेरै प्रकाशन, प्रशारण गरेर सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु ।

बिपिन जयसवाल (डाइरेक्टर)
थ्रिकम इन्टरनेशनल स्कुल
बरहथवा -०७, सर्लाही
०४६-५४०४११, ९८५४०३९०४०,९८५११७६००१

प्रतिक्रिया दिनुहोस्