Logo

दीपेन्द्रको सनसनीपूर्ण ब्याटिङका बाबजुद नेदरल्याण्ड्ससँग २ रनले नेपाल पराजित

काठमाडौं,१६ फागुन । टी–२० आई क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध नेपाल २ रनले पराजित भएको छ त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान रोहित पौडेलले ५०, आसिफ शेख ३४, कुशल मल्ल ११, करण केसी ११, सन्दीप जोरा ८ रन बनाउँदा कुशल भुर्तेल र सोमपाल कामी शून्य रनमा आउट भए । बलिङमा नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टले सर्वाधिक २ विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

नेदरल्यान्डका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन जोडेका थिए । साइब्रान्ड एंगलब्रेक्ट ४९ रनमा अविजित रहदा म्याक्स ओ डाउड ४, कप्तान स्कट एडवार्ड्स ३३, तेजा निदामानुरु ३१ रन बनाएर आउट भएका हुन् । बलिङममा नेपालका करण केसी र कुशल मल्लले एकएक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्