Logo

आफ्नो सेवा सुविधाबाट दश लाख रुपैयाँ बराबर विद्यार्थीलाई सहयोग गर्ने मनकारी उपप्रमुख बुढाथोकी

भक्तपुर– चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले आफुले पाउने तलब भत्ताको रकम विद्यार्थीहरुकाे लागि खर्च गरेको बताएका छन् ।

नगरपालिकामा पत्रकारहरु माझ आफ्नो दुई वर्षको कार्यकालको अनुभव सुनाउदैं उपप्रमुख बुढाथोकी दुई वर्षको करिब १० लाख रुपैयाँ विद्यार्थीहरुकै लागि खर्च गरेको जानकारी दिए ।

सरकारी नियम अनुसार कर कट्टा गरेर आफुले मासिक पाउने ३० हजार, प्रत्येक बैठकमा पाउने १ हजार ४ सय रुपैँया भत्ता आउने सबै सामाजिक कार्यमा खर्च गरेको उनको भनाई छ ।

‘मैले पार्टीमा टिकट लिने बेलामा नै भनेको थिए, कुनैपनि सेवा सुविधा आफ्नो लागि खर्च गर्दिनँ, अहिले नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने सानाबाबु नानीहरुलाई सानो सहयोग गर्ने गरेको छु,’ उनेले भने ।

कहिँलेकाहीँ सेवा सुविधाको रकमले नपुग्दा आफ्नो खल्ती रकमसमेत हालेर विद्यार्थीहरुलाई झोला, पोशाक र जुत्ता किनिदिने गरेको उपप्रमुख बुढाथोकीले बताए ।

नगरपालिकाले उपलब्ध गराएको गाडी पनि नगर अस्पतालमा बिरामी, सुत्केरीलाई पु¥याउनका लागि प्रयोगमा ल्याएको उनले बताए । एक जना चालक भने आफुले सुविधा लिएको बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्