Logo

वार्म अप खेलमा नेपालसँग जितेपछि क्यानडाका प्रशिक्षकले भने : नेपाली टोली थकित देखिन्थ्यो

काठमाडौं– क्यानडाका प्रशिक्षक पुबुदु दासनायकले नेपाली टोली खेलमा थकित देखिएको बताएका छन् । गएराति संयुक्त राज्य अमेरिकास्थित प्रेरी भ्यू मैदानमा भएको आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गतको वार्म अप खेलपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

खेल सक्किएपछि प्रशिक्षक दासनायकले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् । ‘नेपालले प्रदर्शन राम्रो गरिरहेको छ,’ उनले भने, ‘नेपाली टोली अलि थकित देखिन्थ्यो । उहाँहरुले धेरै क्रिकेट खेलेको जस्तो देखिन्थ्यो । समय आएपछि उहाँहरुले राम्रो प्रदर्शन गर्नेछन् भन्ने आशा लिएको छु ।’ गएराति भएको खेलको विषयमा नेपाली क्रिकेट टोलीले भने कुनै प्रतिक्रिया दिएको छैन ।

विश्वकपको तयारीमा रहेको नेपालले पहिलो औपचारिक वार्म अप खेलमा क्यानडासँग खेलेको हो । गएराति सम्पन्न खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ । जितका लागि १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भएको थियो ।

नेपालले दोस्रो वार्म अप खेल अब अमेरिकासँग बिहिबार अर्थात् मे ३० मा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्