Logo

विभिन्न कार्यक्रमको आयोजना गरेर गणतन्त्र दिवस सम्पन्न

काठमाडौं– १७ औँ गणतन्त्र दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

दिवसका अवसरमा गणतन्त्र दिवस २०८१ मूल समारोह समितिले मंगलबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो ।

समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८१ लेखिएको ब्यानर प्रदर्शन गरिएको छ । त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत समेत गरिएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास गर्नुका साथै सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियता उजागर गर्ने गीत–सङ्गीतका धुन प्रस्तुत गरेका थिए ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल , उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीसहित उच्च सरकारी अधिकारीको उपस्थीति रहेको थियो ।

नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकअघिदेखि गणतन्त्र दिवस मनाउदै आइएको छ । विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्