Logo

सिरोहियालाई एयर लिफ्ट गरेर ल्याइयो काठमाडौं

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहियाको स्वास्थ्यमा समस्या आएपछि मंगलबार उनलाई काठमाडौं ल्याइएको हो ।

दोहोरो नागरिकता प्रकरणमा जिल्ला अदालत धनुषाको अनुमतिले थुनामा थिए । थुनामा रहेका सिरोहिया उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि केहिदिनदेखि जनकपुरको काब्या अस्पतालमा उपचाररत थिए । उनको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि एयर लिफ्ट गरेर काठमाडौं ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्