Logo

चालु आर्थिक वर्षमा ८८.१ प्रतिशत राजस्व संकलन हुने अनुमान

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री बताएका छन् ।
जसमध्ये चालुतर्फ १० खर्ब ६७ अर्ब ४९ करोड, पूँजीगततर्फ २ खर्ब १५ अर्ब ३० करोड र वित्तीय व्यवस्था २ खर्ब ४७ अर्ब ५५ करोड खर्च हुने संशोधित अनुमान रहेको छ ।

यस्तै लक्ष्यको ८८.१ प्रतिशत राजस्व संकलन हुने अनुमान गरिएको उनले बताएका छन् । अर्थमन्त्रि पुनका अनुसार चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्