Logo

६० करोडले बढ्यो खेलकुद मन्त्रालयको बजेट, तीन अर्ब ५० करोड रुपैयाँ विनियोजन

काठमाडौं –  सरकारले आगामि आर्थिक वर्ष २०८१/८२ को बजेट चालु आर्थिक वर्षको तुलनामा वृद्धि गरेकाे छ । आगामी आर्थिक वर्षका लागि युवा खेलकुद मन्त्रलयलार्ई तीन अर्ब ५० करोड विनियोजन गरेको छ।

जुन चालु आर्थिक वर्षको तुलनामा खेलकुदको बजेट ६३ करोडले बढि हो । चालु आर्थिक वर्षमा खेलकुदको क्षेत्रमा दुई अर्ब ८७ करोड बजेट विनियोजन भएको थियो।

यसै वर्ष कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको लागि ६० करोड विनियोजना भएको छ। साथै इं स्पोट्सको प्रतियोगितासमेत आगामी वर्षमा सरकारको प्राथमिकतामा परेको छ।

बजेट भाषणमा राष्ट्रिय स्तरका ८० प्रतियोगिता अयोजा गर्ने सरकारको तयारी रहेको उल्लेख छ। मुलपानी रंगशाला र गिरिजाप्रसाद क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा परेका छन्। चितवनको गौतमबुद्ध क्रिकेट रंगशाला तीनै तहको सरकारको साझेदारीमा बनाइने छ।

कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नती र फाप्ला क्रिकेट मैदानको निर्माणले तिब्रता पाउने छ। खेल अर्थतन्त्रको विकास गर्नको लागि नीजि क्षेत्रसँगको सम्बन्त्र विस्तार गर्ने छ। कर्पोरेट सामाजिक उत्तरदायित्वमा खेल क्षेत्र जोड्ने योजना छ।

प्रतिक्रिया दिनुहोस्